खोजौं रैथाने खानेकुरा

तपाईं कहाँ बस्नुहुन्छ ? गाउँ वा शहर ? पहाड वा तराई ? सुगम वा दुर्गम ? भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरेर उत्पादन पनि गरिरहनुभएको हुनसक्छ । च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै सागसब्जी, अन्न फेला पार्नुहुनेछ, जो तपाईंकै माटोमा राम्ररी सप्रन्छ । यस्ता सागसब्जी, अन्नहरु उत्पादन गरेर आफ्नै लागि उपभोग गर्न सकिन्छ । हुनसक्छ, कतिपयसँग खेतीपाती गर्ने जग्गाजमिन नहोला । यद्यपि घरकै करेसाबारी, छत, बार्दली आदिमा पनि सागसब्जी लगाउन सकिन्छ ।

हाम्रो माटोमा अनेकथरीका सागसब्जी उत्पादन हुन्छन् । अन्न उत्पादन हुन्छन् । त्यसलाई कसरी बनाएर सेवन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । अर्थात रैथाने परिकारलाई स्वादिलो बनाउने पाककला पनि आफुसँग हुनुपर्छ । पाककला छ भने जस्तोसुकै खानेकुरालाई पनि थरीथरीको परिकार बनाएर सेवन गर्न सकिन्छ । त्यसको स्वादमा विविधता थप्न सकिन्छ । हामी जुन भूगोल एवं माटो र हावापानीमा हुर्कन्छौं, त्यहीको रैथाने उत्पादन नै हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छ । पहाडमा बस्नेले तराईको उत्पादन सेवन गर्नुभन्दा स्थानिय उत्पादन सेवन गर्नु राम्रो हो । किनभने हामी जुन हावापानीमा बस्छौं, हाम्रो शरीरले त्यही अनुसारको खानेकुरा माग्छ ।

तपाईंका घर आसपासमा कतिथरी वनस्पति छन् रु ति वनस्पतिमध्ये कति खान योग्य छन् रु कति स्वादिलो र पोषिलो छन् रु पहिचान गर्न सकिन्छ । हामी अक्सर त्यही खानेकुरा मात्र सेवन गरिरहेका हुन्छौं, जो पुस्तौं अघि हाम्रा पूर्खाले पहिचान गरे । जबकि हाम्रा आसपासमा उत्पादन हुने अरु थुपै्र वनस्पति खानयोग्य हुन्छन् । खानयोग्य मात्र होइन, विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन् । ति वनस्पतिको पहिचान गरेर पनि हामीले आफ्नो खाद्य भण्डारलाई समृद्ध बनाउन सक्छौं ।

खानेकुरा भनेको शरीरको एक अंश हुन् । जब तपाईं कुनै खानेकुरा सेवन गर्नुहुन्छ, त्यो तपाईंको शरीरको अंश बन्छ । त्यसैले त जस्तो खानेकुरा सेवन गर्छौं, हाम्रो शरीर पनि त्यस्तै हुन्छ । अहिले हामीले खानेकुरा सन्तुलित, सुपाच्य र पोषिलो छ भन्ने कुरामा सन्देह गर्नुपर्ने हुन्छ । किनभने हामी आफै पनि खानपानप्रति त्यती सजक एवं सर्तक छैनौं ।

अहिले धेरैको शरीर रोगको भण्डार बन्दैछ र त्यसको कारण बनेको छ अस्वस्थ्यकर खानेकुरा ।

साग चाहियो, बजारमा खरिद गर्न पुग्छौं । सिमी चाहियो, बजार धाउँछौं । चामल, दाल, तेल, मसला सबै बजारबाटै आपूर्ति गर्छौं । यसरी आयतित खानेकुरामा हामी सम्पूर्ण रुपमा निर्भर छौं । जबकि हामीले थोरैमात्र प्रयास गर्ने हो भने आफ्नै उत्पादनले धेरै छाक टार्न सक्छौं । अर्थात हामी आफैले उत्पादन गरेका, अग्र्यानिक खानेकुरा आफ्नो छाकमा समावेश गर्न सक्छौं ।

कोरोना भाइरसविरुद्ध ‘हर्ड इम्युनिटी’को सिद्धान्त कति प्रभावकारी छ ?

कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण यतिबेला विश्व त्रसित छ । यसको खोप कहिले बन्छ भन्ने विषयमा अन्यौल कायमै छ । रुसले आफूले कोरोना भाइरसको खोप बनाएको दाबी गरेको छ । तर, उसको खोपमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आशंका व्यक्त गरिसकेको छ ।

खोपको अभावका कारण विश्वमा लाखौं मानिसको मृत्यु भइसकेको छ भने यो क्रम कहिलेसम्म चल्ने हो भनेर भन्न सकिने अवस्था छैन ।

यही जोखिमका बीच कोरोनाबाट बच्ने उपायको खोजी पनि भइरहेको छ । भौतिक दुरी कायम गर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, नियमित साबुन पानीले हात धुने जस्ता उपाय अपनाइएको छ । यी सबै अल्पकालीन उपायसँगै दीर्घकालीन समाधानको समेत खोजी भइरहेको छ ।

विश्वभरका वैज्ञानिक कोरोना भाइरसविरुद्धको खोपको खोजीमा छन् । यद्यपि केही वैज्ञानिकले खोप विना पनि यसको समाधान खोज्न सकिने बताउँदै आएका छन् ।

त्यस्तै धेरैले मानिसहरु कोरोनाबाट बच्न घरभित्रै सुरक्षित बस्न सुझाव दिन्छन् भने कोहीले घरभित्र बस्नु अस्थायी समाधान भएकाले कोरोनासँग लड्नु पर्ने मत राख्छन् । दोस्रो मतमा विश्वास गर्नेको संख्या विश्वमा कम छ । तर, यो मतलाई पनि वैज्ञानिकहरुले पूरै अस्वीकार भने गर्दैनन् । कोरोना भाइरससँग लड्ने भनेको यो भाइरसविरुद्ध समुदायमा ‘हर्ड इम्युनिटी’को विकास गर्नु हो ।

‘हर्ड इम्युनिटी’ भनेको समुदायका पर्याप्त मानिसमा यो रोगको संक्रमण रोक्न सक्ने गरी प्रतिरोधी क्षमता विकास हुनु हो । यो सिद्धान्त अनुसार जब अधिकांश जनसंख्या संक्रामक रोगबाट संक्रमित हुन्छन्, त्यसपछि उनीहरुमा उक्त रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुन्छ ।

उदाहरणका लागि कुनै पनि समुदायका ८० प्रतिशत अर्थात् प्रत्येक ५ मध्ये ४ जनाले रोग प्रतिरोध क्षमता राख्छन् भने त्यो भाइरसको फैलावट त्यसपछि बन्द हुन्छ भन्ने मान्यता छ । हर्ड इम्युनिटीको लागि ७० देखि ९० प्रतिशतसम्म मानिसमा रोगविरुद्धको प्रतिरोधी क्षमता विकास भएको हुनुपर्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक एवं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हर्ड इम्युनिटी सैद्धान्तिक रूपमा प्रयोगमा भए पनि व्यावहारिक रूपमा कम प्रयोग हुने सिद्धान्त रहेको बताउँछन् । यसले संक्रमितको संख्या बढ्दै जाँदा मान्छेमा रोग प्रतिरोध क्षमता समेत बढी हुँदै जान्छ र बिस्तारै सबैमा रोग प्रतिरोधी क्षमता विकास हुन्छ भन्ने मान्यता रहेको उनी बताउँछन् । यो सिद्धान्त अनुसार अहिलेको रूघा खोकी जसरी नै सामान्य हिसाबले भाइरसलाई जित्न सकिन्छ । तर यसको लागि दुई तिहाइभन्दा धेरैमा संक्रमण भएको हुनुपर्छ भन्ने मान्यता राख्ने बताउँछन् । उनले भने ‘मेरो जानकारीमा आएसम्म यो मान्यतालाई स्विडेनबाहेक अरूले अवलम्बन गरेका छैनन् । यो मान्यताले हामीलाई लकडाउन गरेर घरभित्र बस्नेभन्दा रोगविरुद्ध लडेर सामान्य जीवनशैली अपनाउन प्रेरित गर्छ ।’

लकडाउन वा सामाजिक गतिविधिमा प्रतिबन्धको सिद्धान्त त्यतिबेलासम्म मात्र प्रभावकारी हुन्छ, जतिबेलासम्म मानिसहरूलाई घरमा नै कैद गरेर राखिन्छ । थुनिएका मानिसहरू घरबाट बाहिर निस्कनेबित्तिकै यो रोगले फेरि आक्रमण गर्छ । त्यसैले यो रोगबाट डराउनुभन्दा यसको  सामना गर्नुपर्ने हर्ड इम्युनिटीमा विश्वास गर्नेहरूको मत छ । जतिधेरै मानिस संक्रमित हुन्छन्, त्यति नै धेरै मानिसमा रोगसँग लड्ने शक्ति उत्पन्न गर्छ भन्ने उनीहरुको मान्यता छ ।

यो मतका बारेमा विश्वभरका वैज्ञानिक दुई समूहमा विभाजित छन् । एउटा समूहले लकडाउन आवश्यक छ भन्छ भने अर्काे समूहले मानिसलाई बन्धनबाट स्वतन्त्र पार्न सुझाव दिन्छ ।

कोरोनाविरुद्ध लड्न जतिसक्दो यससँग भिड्नुपर्छ भन्नु आफैँमा अनौंठो कुरा हो । तर, चिकित्सा विज्ञानको सबैभन्दा पुरानो विधिले भने यसैलाई विश्वास गर्ने गरेको हर्ड इम्युनिटीका पक्षधरको मत छ । उनीहरू सामूहिक प्रतिरक्षाको अर्थ भविष्यमा धेरै मानिसहरुर्ला बचाउन जनसंख्याको केही अंशलाई संक्रमित गराउनुपर्छ भन्नेमा विश्वास गर्छन् । यसअनुसार खोपको विकास नहुँदासम्म भविष्यमा जन्मिनेको शरीरभित्र हुने संक्रमणविरूद्ध सामूहिक प्रतिरोधात्मक क्षमता सिर्जना गर्छ भन्ने मान्यता छ ।

हर्ड इम्युनिटीले शरीरमा विकास हुने भाइरसविरूद्धको एन्टिबडीले शरीरमा खोपले गर्ने काम गर्छ भन्ने मान्यता छ । किनभने एकपटक एन्टिबडी विकास भएपछि भाइरस संक्रमित हुँदैन भन्ने मान्यता छ ।

सुरुमा हर्ड इम्युनिटीको विषयमा इङ्ल्याण्डका केही वैज्ञानिकले समेत वकालत गरेका थिए । तर, स्वीडेन लगायत केही मुलुकबाहेक अरूले हर्ड इम्युनिटीलाई अवलम्बन गरेका छैनन् । स्वीडेनले अहिलेसम्म लकडाउन गरेको छैन । सो मुलुक अझै पनि हर्ड इम्युनिटीमाथि विश्वास गर्छ ।

स्वीडेन अझै पनि हर्ड इम्युनिटीले खोपको जस्तै काम गर्छ भन्ने विश्वास गर्छ । जस्तो कि दादुरा वा पोलियोको खोप हामीले एक पटक लगाएपछि फेरि कहिलै संक्रमण हुँदैन । त्यसरी नै एक पटक हर्ड इम्युनिटीको प्रतिरोधात्मक शक्ति कोरोना भाइरसविरुद्ध विकसित भएपछि कोरोना भाइरसको संक्रमण सो व्यक्तिमा हुँदैन भन्ने मान्यता राख्छ अमेरिकामा कोरोनाका कारण मृत्युदर अत्यधिक हुँदा पनि अमेरिकाले भने यो सिद्धान्त स्वीकारेको छैन । त्यस्तै भारतलगायत संक्रमणको बढ्दो क्रममा रहेका मुलुकले पनि हर्ड इम्युनिटी विश्वासको लागि योग्य नरहेको बताएका छन् ।

कोरोना भाइरसविरुद्ध विकास भएको एन्टिकडी पनि लामो समयसम्म नरहने भएकाले एकपटक संक्रमित भएका व्यक्तिहरु पनि पुनः संक्रमण हुन सक्ने पछिल्ला केही अध्ययनले देखाएका छन् । यो तथ्य साँचो साबित भए हर्ड इम्युनिटीको सिद्धान्तले काम नगर्न पनि सक्छ ।

सामान्य रुघाखोकी र कोभिडको लक्षण छुट्याउन सकिन्छ ?

मंगलबार मात्र काठमाडौं उपत्यकामा १३४ जना सहित देशभर ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंसहित बारा, पर्सालगायतका जिल्लामा यो रोगका संक्रमितहरू धेरै देखिएका छन् ।

एकातर्फ कोरोनाको त्रास छ भने अर्काेतर्फ मौसमी तथा अन्य फ्लुका कारण पनि कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणहरू देखिने गरेको छ । यही अन्योलका बीच कोरोना र अन्य फ्लुका कारण देखिएको संकेतलाई पहिचान गर्न सकिन्छ त ?

रुघाखोकी र ज्वरोजस्ता समस्या कोरोना र मौसमी फ्लुमा समेत देखिने साझा लक्षण हुन् । गर्मीको समयमा नियमित हुने वर्षामा भिज्दा मौसमी रुघाखोकीको समस्या समेत त्यस्तै मात्रामा देखिएको छ । यस्तो अवस्थामा कोरोनाको लक्षण हो या मौसमी फ्लुका कारण भएको समस्या हो भनेर छुट्याउन सक्ने केही आधार रहन्छ ?

चिकित्सकहरू यस्तो अवस्थामा सामान्य रुघाखोकी र कोभिड लागेको पहिचान गर्न निकै कठिन रहेको बताउँछन् । खोकी लाग्नु, ज्वरो आउनु, थकान महसुस हुनु र श्वासप्रश्वासमा समस्या हुनु कोभिडको लक्षणभित्र पर्छ । भाइरल फ्लुका कारण समेत यस्तै समस्या आउने हुँदा रुघाखोकी लागेको मान्छेलाई कोरोना या भाइरल फ्लु के हो ? भनेर यकिन गर्न सक्ने आधार नरहेको उनीहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला रुघा र खोकीसँगै लागेको छ भने त्यस्ता मान्छेले तुरुन्त कोरोना परीक्षण गराउनु पर्ने बताउँछन् । त्यसमाथि पनि घरमा दीर्घरोगी छन् भने त झनै खोकीका बिरामीले पीसीआर परीक्षण गराउनै पर्ने सुझाव उनको छ ।

अहिले कोरोना संक्रमित बच्चामा हाइपो टेन्सन, प्यारालाइसिस, नसा दुख्ने जस्ता समस्या समेत देखिने गरेको भए पनि कोभिडको मुख्य लक्षण भनेको अहिलेसम्म पनि रुघाखोकी, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनु आदि नै रहेको उनी बताउँछन् ।

बास्तोला अब झनै जाडो महिना सुरु हुन लागेकोले यस्तो चुनौती झनै थपिने बताउँछन् । जाडो महिनामा डेंगुको प्रकोप पनि सुरु हुने भन्दै अहिले समुदायस्तरमा धेरै फैलिनु अघि नै सरकारले यसमा ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन् ।

‘अहिले मौसमी फ्लु र कोभिडका कारण लागेको रुघाखोकी छुट्याउन सक्ने अवस्था छैन ।’ बास्तोलाले अनलाइनखबरसँग भने ‘रुघा र खोकी एकै पटक लागेको छ या घरमा दीर्घरोगी छन् भने खोकी लाग्दा मात्रै पनि हेलचेक्याइँ गर्नुहुँदैन’

अर्काेतर्फ नियमित पीसीआर परीक्षण गर्न पनि व्यावहारिक र आर्थिक समस्या समेत रहेको जानकारहरू बताउँछन् । अहिले सामान्य लक्षण मात्रै देखिएका व्यक्तिले कोरोना परीक्षण गर्न जाँदा कतिपयको त मासिक आम्दानीको एक तिहाइसम्म खर्च हुने अवस्था छ । त्यस्तो अवस्थामा नियमित परीक्षण पनि सम्भव छैन । यो पनि चुनौतीको विषय रहेको जानकारहरू बताउँछन् । बास्तोला भन्छन् ‘परीक्षण पनि महँगो भएकोले नियमित परीक्षण सम्भव त छैन । त्यसैले खोकीसँग ज्वरो, खोकीसँग श्वासप्रश्वासमा समस्या जस्ता दुईवटा समस्या एकै पटक देखियो भने चाहिँ परीक्षण गराउनै पर्छ ।’

कोभिड १९ र मौसमी फ्लुमा लक्षणहरू पनि सामान्य र जटिल किसिमको हुने अमेरिकाको सेन्ट्रल फर डिजिज कन्ट्रल एण्ड प्रिभेन्सनले जनाएको छ । सो संस्थाका अनुसार कोभिड र फ्लुकोे केही साझा लक्षणहरू हुने गर्छन् । जस्तो, ज्वरो वा ज्वरो आउनु, खोकी लाग्नु, सास फेर्न कठिनाइ हुनु, थकान (थकान)को महसुस हुनु, घाँटी दुख्नु, रुघा लाग्नु, मांसपेशी दुख्ने वा शरीर दुख्न, टाउकोको दुखाइ र केही मानिसमा बान्ता र पखाला हुनु पनि कोभिडको कारण हुन सक्ने उल्लेख गरिएको छ । यद्यपि वान्ता वा पखालाको समस्या वयस्कभन्दा बच्चाहरूमा अधिक देखिने गरेको पनि उल्लेख छ ।

संक्रमणको हिसाबले पनि सामान्य फ्लुभन्दा कोभिड केही बलियो भाइरसको रूपमा मान्ने गरिन्छ । अनुसन्धान रिपोर्टले अन्य फ्लु लागेको एक जनाले १.३ जनासम्मलाई सार्न सक्छ भने कोभिड लागेको मान्छेले २.२५ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।

कपडाको मास्क कस्तो र कसरी लगाउने ?

कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् ।

नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर मास्क कस्तो लगाउने र कसरी लगाउने भन्ने विषयमा भने धेरै बेखबर रहेको देख्न सकिन्छ ।

नेपालमा कपडाको मास्क भन्दा पनि महँगो र स्वास्थ्यकर्मीले बढी प्रयोग गर्ने सर्जिकल वा एन  ९५ जस्ता मास्कहरू धेरैले प्रयोग गर्छन् । तर बाहिर हिँड्दा गैर चिकित्सक वा सर्वसाधारणहरूको लागि कपडाको मास्क पनि लगाउनु उपयुक्त हुने तर्क डब्ल्यूएचओको छ ।

विश्वस्वास्थ्य संगठनकी स्वास्थ्य आपतकाल कार्यक्रमकी सरुवा रोग विशेषज्ञ डा. अप्रिल बलेर सर्वसाधारणको लागि सामान्य हिँडडुलको क्रममा सामाजिक दुरी कायम गरेर हिँड्दा कपडाको मास्क पनि उपयुक्त हुने बताउँछिन् । तर यसमा कम्तीमा एक मिटरको सामाजिक दुरी भने कायम गर्नै पर्ने उनी बताउँछिन् ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला जस्तोसुकै मास्क लगाए पनि सामाजिक दुरी कायम नगर्ने हो भने कोरोनाबाट बच्न कठिन रहेको बताउँछन् । उनी राम्रोसँग लगाउने हो भने सफा र नफाटेको जस्तो सुकै मास्क लगाउन उपयुक्त हुने बताउँछन् । उनी मास्क लगाउने शैली र सामाजिक दुरी नहुने हो भने मास्कले मात्रै कोरोना रोक्न नसक्ने बताउँछन् ।

कपडाको मास्क हातैले बनाउन पनि सकिने र पसलमा किनेर पनि प्रयोग गर्ने गरिन्छ । यद्यपि कपडाको मास्क पनि तीन लेयरको हुनुपर्नेमा भने डब्ल्यूएचओले जोड दिएको छ । जसमध्ये सबैभन्दा बाहिरी लेयरमा पानीले नभिज्ने खालको कपडाको प्रयोग गर्नुपर्ने, भित्री लेयरमा पानी सोस्नेखालको कपडा प्रयोग गर्नुपर्ने र बीचमा रहेको कपडा फिल्टर गर्नमिल्ने खालको हुनुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ ।

मास्क कसरी प्रयोग गर्ने ?

मास्क प्रयोग गर्नुपूर्व साबुन पानीले २०देखि ६० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ । अल्कोहल मिसाइएको हात धुने बस्तु भएमा २० देखि ३० सेकेण्ड र अरू साबुनले भए ४० देखि ६० सेकेण्डसम्म साबुनपानीले हात धुनुपर्छ ।

मास्क शुद्ध र सफा छ या छैन भनेर यकिन गर्नुहोस् । यही मास्क कतै च्यातिएको छ या फोहोर छ भने त्यसलाई लगाउनु हुँदैन । मास्क निकाल्ने बेलामा मास्कको दुवैतर्फको डोरीमा मात्रै समाएर नाक, मुख र चिउँडो समेत छोपिनेगरी मास्क लगाउनुपर्छ । मास्क लगाउँदा मास्क र अनुहारकोबीचमा कतै पनि खाली ठाउँ हुनुहुँदैन र दायाँबायाँबाट सास निस्कने छिद्र पनि राख्नुहुँदैन । मास्क लगाइरहेको बेलामा मास्कलाई हातले चलाउनुहुँदैन । यदि झुक्किएर पनि मास्कमा हात पु¥याइयो भने तत्कालै साबुन पानीले हात धोइहाल्नुपर्छ ।

मास्क निकाल्ने बेलामा पनि मास्क लगाउने बेलामा जस्तै साबुन पानी वा अल्कोहल मिसिएको कुनै बस्तुले हात धुनुपर्छ । त्यसपछि दुवै हातले मास्कको डोरीमा समाएर बिस्तारै मास्क निकाल्नुपर्छ । मास्कको अघिको भागमा छुनुहुँदैन । मास्क खोलीसकेपछि फेरि साबुनपानीले हात धुनुपर्छ ।

मास्क लगाउँदा ध्यान दिनुपर्ने कुरा यो पनि हो कि आफूले प्रयोग गरेको मास्क अरूलाई प्रयोग गर्न दिनुहुन्न । यदि कपडाको मास्क भिजेको छ भने त्यसलाई सुख्खा बनाएर मात्रै प्रयोग गर्नुपर्छ । यसलाई नलगाउने बेलामा सफा प्लास्टिकभित्र राख्न सकिन्छ । यदि मास्क फोहोर भएको छ भने त्यसलाई साबुनपानीले धुनुपर्छ ।

पौष्टिक आहारले कसरी कम गर्छ दीर्घरोगको समस्या ?

 सन्तुलित आहार हरेक उमेर र लिंगका मानिसको लागि आवश्यक हुन्छ । यसको अभाव उमेर, लिंग र शारीरिक अवस्था अनुसार फरक हुने गर्छ। गर्भवती र स्तनपान गराउने आमाहरूका लागि जुन खाना आवश्यक पर्छ, त्यहीस्तरको खाना अरू अवस्थाका मानिसलाई आवश्यक नपर्न सक्छ ।

बच्चाहरूलाई कुपोषणबाट बचाउन जुन खाना आवश्यक पर्छ त्यो अरू उमेरसमूहका मानिसलाई आवश्यक पर्दैन । खानपानमा ध्यान नदिँदा धेरैमा मधुमेह, उच्च रक्तचाप, हृदय रोग, क्यान्सर, मिर्गौला रोग, कलेजोको समस्या जस्ता दीर्घ रोगहरू लाग्ने गरेको पाइन्छ ।

पोषणविद्हरू खानामा ध्यान दिनु पर्र्ने भए पनि यसलाई कार्बाेहाइड्रेड, प्रोटिन आदिमा छुट्याउनु उपयुक्त नहुने बताउँछन् । पोषणविद् डा. अरुणा उप्रेती खानेकुरालाई कार्बाेहाइड्रेड र प्रोटिन आदिमा छुट्याउन नहुने बताउँछिन् ।  यद्यपि उमेर समूह र लिंगका मानिसको लागि छुट्टा छुट्टै पोषणयुक्त खाना भने आवश्यक रहेको उनी बताउँछिन् ।

स्तनपान गराउने महिलाका लागि पोषणको आवश्यकता

गर्भावस्थाको समयमा अनुचित आहार र कम पोषण युक्त खानाका कारण भ्रूणको अनुचित वृद्धि हुने समस्या सिर्जना हुन्छ । जस्तै, आमामा रक्तअल्पता लगायतका अन्य जटिलताहरू सिर्जना हुन सक्छ ।

शिशुहरू र बच्चाका लागि पोषणको आवश्यकता

बाल्यावस्थामा सबैभन्दा द्रूत शारीरिक र मानसिक विकास हुने गर्छ । यस अवधिमा कुपोषण हुँदा यसले आजीवन शारीरिक विकासमा असर गर्छ । यो उमेरमा यदि आमाबाबुले बच्चाको खानामा ध्यान दिएनन् भने बच्चामा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुन्छ ।

शारीरिक गतिविधि अनुसार पोषणको आवश्यकता

ऊर्जा र पोषक तत्वको आवश्यकता मान्छेको शारीरिक गतिविधिमा पनि आधारित हुन्छ । अपर्याप्त पोषक तत्वको शरीरमा आपूर्ति हुँदा यसको दीर्घकालीन असर पर्छ । जस्तो नियमित व्यायाम गर्ने व्यक्तिको लागि अतिरिक्त पोषक तत्वको आवश्यकता पर्छ । काममा पनि भारी बोक्ने मान्छेलाई अतिरिक्त पौष्टिक तत्व आवश्यक पर्छ ।

स्वस्थ तरिकाले वजन घटाउन आवश्यक

स्वस्थ तरिकाले वजन घटाउन पनि शरीरलाई पोषक तत्वको भने आवश्यकता पर्छ । शारीरिक अवस्थाको आधारमा वजन घटाउनु वा सन्तुलित राख्नु स्वास्थ्यको लागि महत्वपूर्ण छ । अधिक वजन भएका व्यक्तिमा हृदय रोग, मधुमेह, उच्च रक्तचाप, पित्त थैलीमा समस्या जस्ता रोगहरू लाग्न सक्छ ।

तसर्थ, उचित आहार योजना र परामर्शमा वजन कम गर्न वा लाभको स्वास्थ्य जटिलता रोक्नका लागि महत्वपूर्ण छ ।

मधुमेह कम गर्न पौष्टिक तत्व

उचित खानपानले मधुमेहको जटिलतालाई रोक्छ तर यसका लागि उचित आहार परामर्श, सन्तुलित आहार सेवन र उचित शारीरिक गतिविधि आवश्यक पर्छ । मधुमेह रोगीहरूले कार्बाेहाइड्रेडयुक्त खानालाई कम गर्नुपर्छ ।

मृगौला रोग कम गर्नको लागि

दीर्घकालीन रोगको जोखिम कम गर्न स्वस्थ खानाले महत्वपूर्ण भूमिका खेल्छ । अधिक वजन, मोटोपन, उच्च रक्तचाप आदि खानपानका कारणले हुने समस्याहरू हुन् ।

कलेजो रोग कम गर्नको लागि

कलेजो रोगबाट बच्नको लागि पनि पौष्टिक आहार आवश्यक छ । किनकि यसले पौष्टिक पदार्थहरूको मेटाबोलिज्म र उनीहरूको भण्डारण गर्ने जस्ता आवश्यक कार्यहरू गर्छ ।

क्यान्सर कम गर्नको लागि

राम्रो पोषण विशेष गरी क्यान्सर भएका व्यक्तिहरूको लागि महत्वपूर्ण छ । विभिन्न प्रकारका खाद्य पदार्थहरू र राम्रोसँग सन्तुलित भोजनहरू खाँदा स्वास्थ्यमा समस्या सिर्जना हुँदैन । विभिन्न किसिमका दीर्घरोग लागेका व्यक्तिले उपचारको क्रममा राम्रो खानेकुरा खानाले हाम्रो शरीरको तौललाई नियन्त्रणमा राख्न र शारीरिक ऊर्जा वृद्धि गर्न मद्दत गर्छ ।

कोभिड-१९ र विश्व स्वास्थ ब्यबस्था

के हो कोरोना भाईरस कोभिड-१९ ?
यो कुनै जीवीत जीव होइन, एउटा सानो प्रोटीनको टुक्रा हो। यसले आज संसार भरी मानव स्वास्थ्य माथी हमला गरेर आतंक मच्चाएको छ। याहा सम्म कि यस्ले शारीरिक मानसिक र भावनात्मक अस्त ब्यस्त मात्र होईन जीवन व्यवहार नै ठप्प भएको छ । मानिसका सम्पुर्ण सामाजिक ,आर्थिक र सांस्कृतिक गतिबिधी अवरुद्ध भएका छन्। यसको त्रासका कारण निन्द्रा भोक हराएको छ । सामाजिक दुरीले मानिस झन एकलो कमजोर महसुस भै तनाव, हाइपर टेन्सन, डिप्रेसन, आत्महत्या जस्ता प्रविर्ती समेत प्रकोपको रुपमा जोडिएर व्यापक फैलिइ रहेका छन् । जन स्तरमा मानव अस्तित्व समाप्तिको अनुभूति गर्न थालिएको छ। हाल सम्म यस्को कुनै औषधि पत्ता लाग्न सकेको छैन।
अहिले किन ?
मानव जातिको समग्र इतिहासमा विभिन्न कालखण्डमा विभिन्न खाले चिकित्सा विशेषज्ञ द्वारा मानव जातिको उपचार गर्दै आए, बिगतमा यो प्रकृया आफ्नो समय चेतना र बिकाश चरणको सापेक्षता अनुसार ठीकै भए होला कि त्यस समय प्रकृति वा मानव सहित जल वायु, माटो, सुर्य, आकाश र जैविक बिबिधता,जैवीक बिघटनकारी प्रदुषण र बिषाक्तताको उपस्थिती थिएन । त्यस समय आफुलाइ लागेको रोगलाई आफ्नो युग चेतनाको माध्यम द्वारा मानिसले सामना गर्यो र जैविक एवंसामाजिक बिकाशको गतिलाई यथासंभव निरन्तरता दियो तर ईतिहासका सबल पक्षहरुलाइ नयामा रुपान्तरण गर्दै युग बदलियो ,सामाजिक जीवन प्रणाली बदलियो ,बिज्ञान र प्रविधिका नयाँ नयाँ शाखाहरु खुले श्रम बिभाजनमा प्रणाली बदलियो ,संस्कृती बदलियो,मूल्य मान्यता बदलियो आवश्यता जनसंख्या बदलियो यस दुनियामा धेरै समस्या र बिपत्तिहरु उपस्थित भए । हाम्रा बिगतका प्रयासहरु र तरीकाबाट बदलिएको परिस्थितिको सामना र ब्यबस्थापन कठिन, जटिल र खतरनाक हुँदै गयो।
आजको संकट
हिजो र आज हामी दुबै तर्फ हेरौ अर्थात हाम्रो जीवन को आधार प्राकृतिक सम्पदा जैविक बिबिधता तर्फ हेरौ या मानवीय संपदा तर्फ हेरौ दुवै तर्फ भयानक संकट आइ सकेको छ र यश धरतीको समग्र जीवनको लागि धेरै खतरनाक चुनौती पेश भै सक्यो। जैव सामाजिक संकट हाम्रो जीवनमा आइ सक्यो यस्को उपचार हामीले नै गर्नु पर्छ। यस्को संतुलन ल्याउन हामी सबैको चेस्टा र योगदान अपरिहार्य भै सक्यो। कोरोनाको कारण सारा संसारका धेरै जसो मानिसको दिनानुदिन रोगी, बेरोजगार, उत्पीडित पशु भन्दा पनि तल्लो स्तरको जीवन बाच्न बाध्य भएका छन। आर्थिक रुपले बिपन्न मानिसका सबभन्दा आवश्यक पक्ष जमीन जंगल जैविक बिबिधता बिकृत भै बिलोपनमुखी बन्दै गएको अवस्थामा बर्तमान धनमुखी स्वार्थी अमानवीय समाजमा कोरोनाले बढाएको सामाजिक दुरीको कारण स्वास्थ्य र आर्थिक समस्या झनै चुनौतीपूर्ण बनेको छ। हाम्रो समय कमजोर स्वास्थ्य अमानवीय समाजर बिपन्न आर्थिक अव्स्स्था बिलोपन मुखी प्रकृति पर्यावरणको अव्स्स्थामा घेरिएको छ ।यसरी चौतर्फीरुपमा प्रकट भएका परिदृश्यहरु नियाल्दा समग्रमा यो कोरोना कहर सबै खाले बिकृती बिसंगती , बिलोपनमुखी, मुनाफा खोरी, मानव केन्दृत धारणा दृस्ठिकोणमा आधारित योजना र गतिबिधिका कारण प्रकट र ब्याप्स्क भएको हो भन्ने नै देखिन्छ।
अबको स्वास्थ्य ब्यबस्था?
जीवन स्वस्थ्य एवं अस्तित्व सुरक्षाका लागि बिनाश्कारी बिलोपनमुखी नै देखिन्छ। हामीले बिरामी प्रकृति कमजोर जीवनी शक्ति भएको मानव जातिको बीचमा आएको कोभीड =१९ बिश्वब्यापी माहामारी कोरोना भाइरसबाट बाच्न बचाउन र आगामी दिनमा आउम सक्ने स्वास्थ संकटहरुको ब्यबस्थापन गर्न समेत बर्तमान चली रहेको स्वार्थी नाफा मुखी जीवन बिरोधी एवं जैव सामाजिक संकटको पहिचान बनाएको विश्व ब्यबस्था र त्यस अन्तरगतको स्वाथ्य ब्यबस्थापन पुनर्बिचार गर्नै पर्दछ। बर्तमन स्वास्थ्य ब्यबस्थालाइ प्रकृति मानव केन्द्रित कार्यक्रमका आधारमा पुनरबिचार गरि रुपान्तरित गर्नु आव्श्यक देखिन्छ। तेसका निम्ती प्राकृतिक कृषिलाई जीवन रेखा मान्नु पर्दछ। साथै प्रकृति मानव हितैशी बिश्व्स स्वास्थ्य ब्यबस्थाको लागि उत्पादन प्रणाली र जीवन शैली परिवर्तनबाट मात्र संभव छ । लेखक – डा माया गिरी ।।

Do NOT follow this link or you will be banned from the site!